
डीबी विष्ट/ईमेज:
बझाङ, बैशाख २३ । बझाङको थलारा गाँउपालिका–४ नजिकै रहेको खहरे खोलाले बगाउँदा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा थलारा गाउँपालिका–४ का २७ बर्षीय हर्क विक, उनकी श्रीमती २६ बर्षीया डल्ली विक, ३५ बर्षीया कलसी विक, १२ बर्षीया मनिसा विक र ३ बर्षीया सक्षम विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीय बजार ढोड्यखेतबाट घर फर्कने क्रममा गाँउ नजिकै रहेकोे गुह्या खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।
शनिबार राती करीब ८ बजे तिर परेको अविरल बर्षाका कारण खहरे खोलामा आएको बाढीले उनीहरुलाई बगाएको प्रहरीको भनाई छ ।
स्थानीय बासीन्दाका अनुसार हर्क विककी श्रीमतीसहित २ वालबालिका गरी एकै परिवारका ४ जनाको ज्यान गएको जनाईएको छ ।
यता जिल्ला प्रहरी कार्यलयले भने घटना स्थलमा प्रहरी पुगी सकेको र रिपोर्ट लिने काम भई रहेको जनाएको छ । घटनाका बारेमा प्रहरीले स्थलगत अनुसन्धान गरीरहेको छ ।
अबिरल बर्षाका कारण १९ गते जयपृथ्वी राजमार्ग अन्र्तगत पर्ने जयपृथ्वी नगरपालिका–७ मा समेत खहरे खोलाले से १ ज ८२० नम्बरको जीप बगाउँदा ३ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्