२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सार्वजनिक सूचना माग्ने र दिने अधिकारको सुनिश्चितता गराइने


0
Shares

काठमाडौं, बैशाख २३ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकास हाम्रो आधार’ भन्ने नाराका साथ राष्ट्रिय सूचना आयोगले आज आफ्नो स्थापना दिवस मनाउँदै छ ।

स्थापना दिवसका अवसरमा आयोगले काठमाडौंको प्रभावित फेरी निकालेको छ । बागबजारबाट निकालिएको प्रभातफेरी नगरका विभिन्न ठाउँको परिक्रमा गरी आयोगको कार्यालय बानेश्वरमा पुगेर टुंगिएको थियो ।

प्रभातफेरीमा आयोगका पदाधिकारी, सञ्चारकर्मी, विद्यार्थीलगायत सहभागी थिए ।

आयोगले यो वर्षदेखि सूचनाको अधिकारवाट कोही पनि वञ्चित हुन नदिन विभिन्न अभियान सञ्चालन गर्न लागेको छ ।

विद्यालयका सवै पाठ्यक्रममा सूचनाको हकसम्बन्धी विषय समावेश गर्न पहल गर्ने आयोगले जनाएको छ ।

हामीसँग कुरा गर्दै आयोगका प्रमुख आयुक्त कृष्णहरि वास्कोटाले लोकतन्त्रको प्राणवायु भनेकै सूचनाको हक भएकाले आम जनसमुदायमा संविधान प्रदत्त सार्वजनिक सूचना माग्ने र दिने अधिकारको सुनिश्चित गराउन आयोग प्रतिबद्ध रहेको बताए ।

प्रमुख आयुक्त बास्कोटाले सूचना माग्ने र दिने दुवै पक्षले आफ्नो हकअधिकारबारे बुझ्न जरुरी रहेको बताए ।