Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


स्वास्थ्यकर्मी युनियनको १३ बुँदे माग


0
Shares

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युनियनले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उत्पन्न भएका समस्याले सिंगो स्वास्थ्य क्षेत्र नै अस्तव्यस्त हुने अवस्थामा पुगको भन्दै समस्या समाधानका लागि सरकारसँग १३ बुँदे माग राखेको हो ।

औषधिको सहज आपूर्ति, भौतिक संरचना र उपकरणको व्यवस्था, दुर्गम क्षेत्रमा दरबन्दीअनुसारको कर्मचारी व्यवस्थालगायतका माग उनीहरुले अघि सारेका हुन् ।

नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्जवलकुमार शर्माले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र जनमुखी बनाउन कानुनलाई समयसापेक्ष बनाउन सरकारको ध्यानाकर्षण गराए ।