
उक्त सम्झौतालाई ‘खराब सम्झौता’ भन्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताबाट हात झिक्ने औपचारिक घोषणा केही दिनमै गर्दैछन् ।
रुहानीले ट्रम्पको त्यस्तो तयारीको चर्को आलोचना गरेका हुन् ।
उनले अमेरिकाको जस्तोसुकै कदमको प्रतिवाद गर्न इरान तयार रहेकोसमेत बताए ।
सन् २०१५ मा इरान र अमेरिका, चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतबीच परमाणु सम्झौता भएको थियो ।
सम्झौताअनुसार इरानले परमाणु कार्यक्रम बन्द गर्ने र यसको बदलामा अकेरिकाले तेहेरानमाथिको प्रतिबन्ध हटाउने रहेको छ ।
इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भन्दै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्