२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


सिरहामा अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या


0
Shares

सिरहा, बैशाख २४ । सिरहामा अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेका छन् ।

अर्नमा गाउँपालिका १ बुढियाचामका २२ बर्षीय धर्मेन्द्र सिंहको हत्या भएको हो ।

मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली हानी हत्या गरेर फरार भएको स्थानीयले बताएका छन् ।

घर नजिकको किराना पसलमा बसिरहेका बेला सिंहमाथि आक्रमण भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।