
सोमबार बसेको प्रदेशसभा बैठकबाट पारित विधेयकमा मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९७०, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ तोकिएको छ ।
यस्तै, विधेयकमा प्रदेश सभामुखले प्रतिमहिना तलब ५३ हजार, उपसभामुखले ५० हजार, प्रमुख प्रतिपक्षी दलका नेताले ५० हजार, प्रमुख सचेतकहरुले ४९ हजार, सचेतकले ४७ हजार र सांसदले ४५ हजार रुपैयाँ तलब पाउने उल्लेख छ ।
यसैगरी, विधेयकमा तलबबाहेकका अरु सुविधा पनि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्