
तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाउँमा सोमबार आएको पहिरोले बगाउँदा सव-इन्जिनियर नारायण दाहालको घटनास्थलमै ज्यान गएको हो ।
मृतकको घर सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिका–२, वठामा पर्ने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
चन्द्र नागार्जुन बानियाँ जेभी कन्ट्रक्सन प्रालिमा कार्यरत् दाहाल सेती लोकमार्गअन्तर्गत्को चैनपुर–ताक्लाकोट सडकको रुवातोला–धुली खन्ड निर्माणमा खटिएका थिए ।
क्याम्प आसपासमा बसिरहेको बेला सडकमाथिबाट आएको पहिरोले बगाएर उनलाई करिब १०० मिटर तल पुर्याएको जनाइएको छ ।
सोमबार बिहान ११ बजेतिर आएको पहिरोले निर्माण कर्मचारीहरु बस्ने क्याम्प पनि बगाएको छ ।
अरु कर्मचारी क्याम्पमा नभएका कारण थप मानवीय क्षति हुन नपाएको चैनपुर–ताक्लाकोट सडक कार्यालयले जनाएको छ ।
सव–इन्जिनियरको मृत्यपछि सडक निर्माणको काम रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्