
मंगलबार प्रधानमन्त्रीे निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणकाबारेमा छलफल गरेका हुन् ।
छलफलकाक्रममा पूर्वप्रधानमन्त्रीहरुले सरकारको नीति तथा कार्यक्रम विकासमुखी र परिणाममुखी हुनपर्नेमा जोड दिएका थिए ।
विकासको गति निकै सुस्त रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुले तीव्र आर्थिक विकास हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिए ।
त्यसैगरी, भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई राष्ट्रिय हितमा प्रयोग गर्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् ।
छलफलपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई सकारात्मकरुपमा लिएको बताए ।
छलफलमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए ।
पूर्वप्रधानमन्त्रीहरुसँगको छलफललगत्तै प्रधानमन्त्री ओलीले परराष्ट्रविद र विभिन्न दलका नेताहरुसँग पनि परामर्श गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्