१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


लीलाराम न्यौपाने समाजसेवा सम्मानबाट चारजना सम्मानित


0
Shares

समाजसेवी लीलाराम न्यौपानेको ८९औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले प्रतिष्ठानकी संरक्षक कुन्तीदेवी न्यौपानेको उपस्थितिमा विभिन्न क्षेत्रका चारजना व्यक्तिहरुलाई सम्मान गरेको हो ।

लीलाराम न्यौपाने समाजसेवा सम्मान–२०७५ बाट हास्यकलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’, पत्रकार चेतन पन्त, शिक्षक विनोद शाही र राष्ट्रिय क्रिकेट खेलाडी वसन्त रेग्मी सम्मानित भएका हुन् ।

सामाजिक सेवाका क्षेत्रमा योगदान पुर्‍याएका कारण प्रतिष्ठानले उनीहरुलाई सम्मान गरेको जनाइएको छ ।

भैरहवामा आयोजित कार्यक्रममा चारैजनालाई जनही एक लाख रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियोे ।