
प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार दार्चुला सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा दार्चुलालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सरसफाइ अभियानलाई प्राथमिकतामा रखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खुला दिसामुक्त क्षेत्र घोषणा हुनेमा दार्चुला ५२औं जिल्ला हो ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छ समन्वय समिति दार्चुलाको आयोजनामा खुला दिसामुक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न स्थानीय झाँकीहरुसमेत प्रस्तुत् गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्