१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मोदी भ्रमणका लागि सुरक्षा व्यवस्था उच्च


0
Shares

यसअघि, मोदी वि.सं. २०७१ सालमा नेपाल भ्रमणमा आउँदा पनि सुरक्षा चुनौतीमा कुनै कसर बाँकी नराखेको सुरक्षा निकायले यसपटक पनि सुरक्षा चुनौतीमा कुनै कमी हुन नदिने सुरक्षा रणनीति तय गरेको छ ।

जनकपुरबाट आफ्नो भ्रमण सुरु गर्ने मोदीको सुरक्षार्थ नेपाल प्रहरीका डीआइजी ठूले राईको नेतृत्वमा जनकपुरमामात्रै तीन हजार प्रहरी परिचालन गरिनेछ । त्यतिकै संख्यामा नेपाली सेना र सशस्त्र प्रहरी परिचालित हुनेछन् ।

अहिलेजस्तै पहिले पनि मोदीको भ्रमणमा भारतबाटै झिकाइको सुरक्षाकर्मीले आफ्ना प्रधानमन्त्रीको सुरक्षाको जिम्मा लिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि केन्द्र र प्रदेशमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिअनुसार नै सुरक्षाको प्रबन्ध मिलाइने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको भनाइ छ ।

जिल्ला तहमा सुरक्षाको जिम्मा भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको जिल्ला सुरक्षा समितिले मिलाउने उनको भनाइ छ ।

उसोत नेपाली सुरक्षाकर्मीको अतिरिक्त भारतीय विशेष कमान्डोले विशेष सुरक्षा प्रदान गर्नेगरी सुरक्षा प्रबन्ध मिलाइएको छ ।

यसका साथै अत्याधुनिक हातहतियार र सुरक्षा प्रविधि पनि यस भ्रमणमा प्रयोग गरिने जनाइएको छ ।

भिडियो हेर्नुहोस्