२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश–१ मा प्रदेशसभा सचिवालय र जिससबीचको भवन विवाद अन्त्य


0
Shares

मोरङ जिल्ला समन्वय समितिले आफ्नो स्वामित्वमा रहेको विराटनगरस्थित मुख्य भवन प्रदेशसभा सचिवालयलाई प्रयोग गर्न दिने निर्णय गरेसँगै विवाद अन्त्य भएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय भने जिल्ला प्राविधिकको कार्यालयमा सर्ने भएको छ ।

यसअघि, जिल्ला समन्वय समितिका सभापति नरेश पोखरेलको अडानका कारण उक्त भवन हस्तान्तरण हुन सकेको थिएन ।

विवाद टुंगिएलगत्तै सचिवालयले १० दिनभित्र उक्त काम पूरा गरी कार्यालय सार्ने तयारी भएको पोखरेलले बताए ।