
काठमाडौं, कात्तिक २८ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन २१औं शताब्दी सुहाउँदो भएको दाबी गरेका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त ‘प्रतिवेदन समयसापेक्ष र दुवै राष्ट्रको हितमा छ’–भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै अग्रसरतामा समूह गठन भएकाले ढिलोचाँडो मोदीले प्रतिवेदन बुझ्ने उनले विश्वास व्यक्त गरे ।
परराष्ट्रमन्त्री ज्ञवाली आगामी मंसिर १ देखि ५ गतेसम्म हुने लगानी सम्मेलनमा भाग लिन जापान जाँदैछन् ।
त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्न मंसिर १५ गते पोल्यान्ड जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्