२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने’


0
Shares

महाशाखाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमण अवधिको मौसमी भविष्यवाणी गरेको हो ।

भारतीय प्रधानमन्त्रीे मोदी शुक्रबार नेपाल आउँदैछन् । उनले पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरको दर्शन गर्ने कार्यक्रम छ ।

शुक्रबार र शनिबार अपराह्नपछि हिमपात र वर्षा हुनसक्ने मौसमी विवरणमा उल्लेख छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा भ्रमण हुने स्थलको मौसमी अवस्थाबारे परराष्ट्र मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीको आग्रहअनुसार मौसमी सूचना सार्वजनिक गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

कुनै ठूलो मौसमी प्रणाली आउन लागेको वा तीन/चार दिनसम्म पानी पर्ने अवस्थामा यस्तो मौसमी सूचना निकालिने गरिएको थियो ।

महाशाखाले मनसुन सुरु हुने तथा खास मौसमी अवस्थामा छुट्टै मौसमी सूचना निकाल्ने गरेको मौसमविद् पौडेलको भनाइ छ ।

यसअघि, गत मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अवधिमा विशेष मौसमी सूचना निकालिएको थियो । रासस