
जनकपुर, वैशाख २८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा जनकपुर आइपुगेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा आएका हुन् ।
प्रधानमन्त्रीका रुपमा उनको यो तेस्रो नेपाल भ्रमण हो । मोदीले तेस्रो भ्रमणको सुरुवात जनकपुरबाट गरेका हुन् ।
जनकपुर विमानस्थलमा उनलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरे ।
प्रतिक्रिया दिनुहोस्