
जनकपुर, वैशाख २८ । रक्षामन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘प्रखर बौद्धिक तथा विशिष्ट व्यक्ति’ भनेर प्रशंसा गरेका छन् ।
जनकपुरको बाह्र विघा मैदानमा मोदीको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिवसमेत रहेका रक्षामन्त्री पोखरेलले नेपालको आर्थिक विकासको लक्ष्यमा ‘अनन्य मित्रराष्ट्र भारत’को शुभेच्छा र सहयोगको खाँचो रहेको बताए ।
उनले भारतीय प्रधानमन्त्री मोदीलाई ‘नेपाल र जनकपुरमा हृदयदेखि नै स्वागत गर्न चाहन्छु’ भन्दै नेपाल र भारतबीच परापूर्वकालदेखि नै मित्रतापूर्ण सम्बन्ध रहँदै आएको चर्चा गरे । दुई देशबीचका जनताको जीवनपद्धतिसँग सम्बन्ध जोडिएको उनको भनाइ थियो ।
चार वर्षभन्दा कम समयमा तेस्रो पटक भारतीय प्रधानमन्त्री मोदीबाट भएको नेपाल भ्रमणले दुवै देशबीचको सम्बन्ध र पारस्परिक हितमा ठूलो आधार खडा गरेको उनको भनाइ थियो । उनले भने, ‘हामी अतितमुखी भएर होइन, भविष्यमुखी भएर बाँच्न चाहन्छौं ।’
प्रतिक्रिया दिनुहोस्