
भारतीय र नेपालीहरुमाझ विशेष महत्व राख्ने यो तीर्थस्थलको यात्रा आफ्नो लागि एक अविष्मरणीय अनुभव भएको उनले उल्लेख गरेका छन् ।
नेपालको दुईदिने राजकीय भ्रमणकाक्रममा शुक्रबार जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा–आराधनापछि त्यहाँ रहेको आगन्तुक पुस्तिकामा उनले यस्तो लेखेका हुन् ।
पुस्तिकामा उनले जनकपुरमा आफूलाई भव्य स्वागत गरिएकामा नेपाल सरकार र जनकपुरबासीप्रति आफू आभारी रहेको उल्लेख गरेका छन् ।
उनले आगन्तुक पुस्तिकामा सम्पूर्ण नेपालीहरुमा शान्ति, प्रगति र समृद्धिका लागि भारतीयहरुका तर्फबाट शुभकामना पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्