१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रपति भण्डारीसँग भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेटवार्ता


0
Shares

नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका मोदीले शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगी राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री मोदीबीच दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल सरकार तथा भारत सरकारका उच्चपदस्थ अधिकारीहरुसमेतको उपस्थिति थियो ।