
खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघद्वारा इटहरीमा आयोजित प्रतियोगितामा शुक्रबार झापाकी जेशिका गुरुङसँग पराजित हुँदै नङशल बाहिरिएकी हुन् ।
नवौं स्थानमा रहेकी जेशिकाले नङशललाई १४–२१, २१–१५ र २१–१६ ले पराजित गरेकी हुन् ।
जेशिका महिला जोडी तथा महिला १९ वर्षमुनिको समूहको पनि फाइनलमा पुगेकी छन् ।
एकलतर्फको उपाधिका लागि जेशिकाले फाइनलमा नेपाली सेनाकी रशिला महर्जनसँगको भिडन्त तय गरेकी छन् ।
अर्को सेमिफाइनलमा रशिलाले झापाकी सुनैना मुखियामाथि २१–६ र २१–१७ को सहज जित निकालिन् ।
१४ वर्षीया रशिलाले प्रतियोगिता जितेमा कम उमेरमा सिनियर खेलमा प्रतियोगिता जित्ने खेलाडी राष्ट्रिय ब्याडमिन्टन संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्