२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


राष्ट्रप्रमुखको उपस्थितिमा आज रातो मत्स्येन्द्रनाथको भोटो देखाईंदै


0
Shares

काठमाडौं, बैशाख ३० । बर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा आज हुंदैछ ।

ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् ।

भोटो देखाउने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु‍र्‍याइएको छ ।

रथ जावलाखेल पु‍¥याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।

मत्स्येन्द्रनाथको जिम्मामा रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो कसको हो भनी राष्ट्र प्रमुखको उपस्थितिमा देखाउने चलन रहिआएको छ ।

जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बोकेर बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याउने चलन छ ।

मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा पु‍¥याएपछि मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।

बौद्धहरुले करुणामय र सिद्धेश्वरका रुपमा पुज्ने मत्स्येन्द्रनाथको जात्रा भक्तपुरका राजा नरेन्द्रदेव र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने गोपाल वंशावलीमा उल्लेख छ ।