Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी कक्षा ११ को परीक्षा लेख्दै


0
Shares

बिराज रोस्यारा/ईमेज:
कैलाली, बैशाख ३० । गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरी आज देखि सुरु भएको कक्षा ११ को परीक्षामा सहभागी भएकी छिन् ।

उनी कैलाली स्थित घोडाघोडी बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परीक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

परिक्षामा सहभागि राधा चौधरीले विगतको घटना सम्झदै भनिन् –‘मलाई विनाकारण बोक्सी भन्दै कुटपिट गरेपछि केही समय पढाईमा ध्यान दिन सकिन ।’ तरपनि परिक्षाका लागि भन्दै केहि समयदेखि मिहिनेत गरेर पढिरहेकी छु, अवस्य सफल हुन्छु ।’

उनलाई कुटपिट पछि उपचारमा रहेका बेला प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र स्थानिय सरकारका प्रमुखहरुले भेटेर थुप्रै आश्वासनहरु दिएपनि अहिलेसम्म कसैले केहि सहयोग नगरेको राधाले बताईन् ।

बरु सातसमुन्द्रपारीबाट मनकारी जयन्ती राईले ५० हजार आर्थिक सहयोग गरेपछि आफुलाई केही सहज भएको राधाले बताईन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका दिन देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट सहित यातना दिएका थिए ।

उनलाई यातना दिने रामबहादुर सहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।