Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


एम्बुलेन्सको ठक्करबाट बालकको मृत्यु


0
Shares

डोटी, कात्तिक २८ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा एम्बुलेन्सले ठक्कर दिँदा मङ्गलबार एक बालकको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरी जवान महेन्द्रबहादुर बिष्टका अनुसार पिपल्लास्थित शैलेश्वरी अस्पतालको से१च १९७८ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा सोही अस्पतालका निर्देशक आइजङ्ग कुँवरका आठ वर्षीय छोरा इशानको मृत्यु भएको हो । 

एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते इशानको डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको शैलेश्वरी अस्पतालका डा राजेश बाहुनेले बताए । एम्बुलेन्स ब्याक गर्ने क्रममा बालक घाइते भएको एक प्रत्यक्षदर्शीले बताए ।

एम्बुलेन्सका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि शैलेस्वरी अस्पताल बन्द छ । (रासस)