
काठमाडौं, वैशाख ३० । रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आज ललितपुरमा भोटो देखाउने जात्रा सम्पन्न भएको छ ।
जावलाखेलमा रातो मत्स्येन्द्रनाथको रथको चारै कुन्नाबाट हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य रत्न जडित पुरातात्विक महन्वको भोटो देखाइएको हो ।
दुई महिना लामो जात्राको अन्तिम दिन भोटो देखाउने चलन छ ।
सो अवसरमा ललितपुरकी जीवित देवी कुमारी, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले भोटो जात्रा अवलोकन गरी प्रसाद ग्रहण गरेका थिए ।
लिच्छवीकालदेखि रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिएको भोटोका वास्तविक हकदारले सबुद प्रमाण पेश नगरेसम्म भोटो मत्स्येन्द्रनाथकै जिम्मामा रहने विश्वास अनुसार हरेक बर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाउने गरिन्छ ।
योसँगै रातो मत्स्येन्द्रनाथको जात्रा पनि सम्पन्न भएको छ । जावलाखेलबाट रातो मन्छिन्द्रनाथलाई सानो खटमा राखेर विधिपूर्वक बुङ्गमती पुर्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्