
वि.सं. २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मिएका ५१ वर्षीय लामिछानेको उपचारकाक्रममा निधन भएको हो ।
आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट नेकपा एमालेका तर्फबाट निर्वाचित भएका लामिछाने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए । उनका श्रीमती, एक छोरा र तीन छोरी छन् ।
आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घन्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्