
टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व हिन्दू पाठशालाको तर्फबाट शंकराचार्यलाई अभिनन्दन गरेका हुन् ।
सनातन हिन्दुधर्मको संरक्षण र समृद्धिमा योगदान पुर्याएबापत उनलाई अभिनन्दन गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मानव जातिलाई सुखी र खुसी राख्नका लागि धर्म आवाश्यक पर्ने भन्दै आफू जनताको पेट भरेर खुसी बनाउने बाटोमा लागेको बताए ।
सो अवसरमा शंकराचार्य निश्चलानन्दले सनतात धर्म–संस्कारको महत्वकाबारेमा वर्णन गर्दै संसार बनाउने र अन्त्य गर्ने पनि ‘भगवान्’ नै भएको बताए ।
प्रतिक्रिया दिनुहोस्