
काठमाडौं, जेठ २ । मकालु एयरको सम्पर्कविहीन कार्गो विमान बाजुरामा भेटिएको भन्ने खबर आधिकारिक रुपमा पुष्टी हुन बाँकी छ ।
सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेर सम्पर्कविहीन भएको विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको भन्ने अस्पुष्ट खबर प्राप्त भएको थियो ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमान बाजुरामा भेटिएको पुष्टी हुन बाँकी रहेको जानकारी दिए ।
सम्पर्कविहीन विमानले बाजुराको एक नदी किनारामा आपतकालीन ल्यान्ड गरेको र विमानमा रहेका चालक दलका दुवै सदस्य सकुशल रहेको खबर बाहिर आएको थियो ।
उता, बाजुरा प्रहरीले विमान बाजुराको बगरमा भेटिएको खबर प्राप्त भएको र खोजीका लागि त्यसतर्फ गएको जनाएको छ ।
बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त विमान २ घण्टा वितिसक्दा पनि सम्पर्कमा नआएपछि खोजीकार्य अघि बढाइएको थियो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उक्त विमान बिहान ६ बजेर ५५ मिनेटमा सिमकोटमा अवतरण गर्नुपर्ने थियो ।
प्रतिक्रिया दिनुहोस्