Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी, सम्झौताका लागि तयार गरिएका विषय यस्ता छन्


0
Shares

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महिना गर्ने चीन भ्रमणका बेला दुई देशबीच कम्तीमा ६ वटा महत्वपूर्ण सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

सम्झौता तथा समझदारीपत्रलाई अन्तिम रुप दिन परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, उर्जा मन्त्रालयलगायतले काम गरिरहेका छन् ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणक्रममा कम्तीमा ६ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

पारवहन यातायात सम्झौताको प्रोटोकल, नेपाल–चीन खुला व्यापार सम्झौताका लागि संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, संयुक्त समन्वय तथा कार्यान्वयन संयन्त्रसम्बन्धी समझदारीपत्र, लगानी तथा उत्पादन क्षमतासम्बन्धी समझदारीपत्र, तेल भण्डारण सुविधा निर्माण गर्ने सम्बन्धी समझदारीपत्र र ऊर्जा क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो । –नागरिक दैनिकबाट