
धनकुटा, जेठ ४ । प्रचारप्रसार र आवश्यक पूर्वाधार व्यवस्थापनको अभावमा धनकुटाको शहिदभूमि गाउँपालिका–२ स्थित बुर्खामा रहेको आकर्षक सेलेले झरना ओझेलमा परेको छ ।
आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको झरना करीब एकसय २५ मिटर अग्लो छ । झरना हिले–त्रिवेणी सडकअन्तर्गत बुर्खाको मगरबस्तीबाट एकहजार पाँचसय मिटर उत्तरमा पर्दछ ।
पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके छिन्ताङ्ग भगवती, पञ्चकन्यास्थित शहीद पार्क, पाताल डाँडास्थित निर्माणाधिन शहीद स्मृति पार्कजस्तै अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको भनाइ छ ।
रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि संरक्षित जनावर र पुशपंक्षीको बासस्थानसमेत छ ।
प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने गाउँपालिका प्रमुख मनोज राईले बताए ।
प्रतिक्रिया दिनुहोस्