Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


१५ आयोजनालाई विवरण पठाउन जिप्रका काठमाडौंको निर्देशन


0
Shares

कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाका विभिन्न १५ विकास निर्माणका आयोजना प्रमुखलाई शुक्रबार पत्र लेख्दै तीन दिनभित्र ठेकेदारले गरेको कामको विस्तृत् विवरण पठाउन निर्देशन दिएको बताए ।

सडक डिभिजन कार्यालय, भवन डिभिजन कार्यालय, सिँचाइ डिभिजन, काठमाडौं उपत्यका खानेपानी लिमिटेडसहित ११ स्थानीय तहमा शुक्रबार पत्र पठाइएको छ ।

‘हामीले परियोजनाको नामसहित कुन ठेकेदारले कति काम गरेको छ, सोको विस्तृत् विवरण पठाउन आयोजना प्रमुखलाई भनेका छौं’–उनले भने ।

बिहीबार गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपछि काठमाडौं कार्यालयले सम्बन्धित आयोजनाबाट कामको प्रगति विवरण माग गरेको हो ।

निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका काम पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि मन्त्रालयले जिल्लास्तरमा सन्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बरसमेतका विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको हो । रासस