
पशुपपतिको वृद्धाश्रम, दिलशोभा श्रेष्ठको आमाघरलगायतका विभिन्न वृद्धाश्रममा बस्दै आएका वृद्ध–वृद्धाहरुलाई चन्द्रागिरि भ्रमणमा लगिएको हो ।
झन्डै १०० जना वृद्ध–वृद्धाहरुलाई केवलकारमार्फत् माथि पुर्याएर मन्दिरको दर्शन गराइएको हो ।
अस्पतालका निर्देशक अरुणमणि दीक्षितले मनमोहन अधिकारीले नै वृद्धभत्ता दिन सुरु गरेकाले अस्पतालले पनि वृद्ध–वृद्धाहरुका लागि मनोरन्जनमूलक कार्यक्रम गर्दै आएको बताए ।
चन्द्रागिरि भ्रमणमा गएका वृद्ध–वृद्धाहरुले पनि यो ठाउँमा कहिल्यै पुग्न पाइएला भन्ने नसोचेको भन्दै खुसी व्यक्त गरे ।
चन्द्रागिरि पुगेर भालेश्वर महादेव दर्शन गरिसकेपछि वृद्ध–वृद्धाहरुले नाचगान गरेर रमाइलोसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्