१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पूर्व उपाध्यक्ष तिमल्सिना राखेप फर्कीए, बोर्ड सदस्यमा निरौला र गुरुङ नियुक्त


0
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पुर्व उपाध्यक्ष पिताम्बर तिमल्सिना सहित तीन जना परिषदको बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले तिमल्सिनासहित, नेपाल भलिबल संघकी केन्द्रिय सदस्य इन्दिरा निरौला र राजेश गुरुङलाई रिक्त रहेको बोर्ड सदस्यमा नियुक्त गरेको हो । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको सिफरिसमा परिषद्मा तिन सदस्य नियुक्त गरिएको हो ।

राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना विगत डेढ दशकदेखि नेपाली खेलकुदमा सक्रिय छन् ।

यस्तै निरौला पुर्व राष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल संघको केन्द्रीय सदस्य रहेकी छिन् ।

बक्सिङका पुर्व खेलाडी गुरुङ पनि परिषद्का पूर्व सदस्य हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशक कुमार विष्टको कार्यकाल सकिनै लाग्दा पूर्व उपाध्यक्ष तिमल्सिनालाई सदस्यको रुपमा फर्काउनुलाई खेलकुद वृत्तमा निकै चासो र महत्वका साथ हेरिएको छ ।

तिमल्सिना प्रधानमन्त्री केपी ओलीका निकट मानिन्छन् भने हालका सदस्यसचिव विष्ट पनि नेकपा निकट हुन् ।