
माङसेबुङ गाउँपालिका वडा नम्बर–२, रक्सेका धनजीत राईको घर जल्दा १८ लाख ५३ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगोलागीबाट राईको ढुंगा, माटो, काठ र जस्ताबाट निर्मित दुईतले घर, घरमा राखिएको नगद ५३ हजार ५०० रुपैयाँसहित अन्नपात, भाँडावर्तन, विद्युतीय सामग्री, खानेपानी संस्थाको पाइपलगायतका सामान जलेर नस्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
शुक्रबार अपराह्न ४ बजेतिर घरमा कोही नभएको अवस्थामा सोलारको तार सर्ट भइ आगोलागी भएको प्रहरीले शनिबार जानकारी दिएको छ ।
आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब दुई घन्टापछि नियन्त्रणमा लिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्