२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


बेलायती राजकुमार ह्यारी र अभिनेत्री मार्कलको बिहेमा ६०० जनालाई निम्ता (५ तस्वीर)


0
Shares

शाही विवाहअघि महारानी एलिजावेथ द्वितीयले राजकुमार ह्यारी र मेगन मार्कललाई क्रमशः ‘ड्यूक अफ ससेक्स’ र ‘डचेस अफ ससेक्स’को उपाधि दिएकी छन् ।

यसपछि नवविवाहित दम्पतीले करिब आधा घन्टा सहर घुमेर नागरिक अभिवादन स्वीकार गर्ने कार्यक्रम रहेको छ ।

३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलको विवाहमा ६०० जनालाई निम्ता दिइएको छ । जसमा गोर्खा सैनिक पनि रहेका छन् ।

तर, बेलायती प्रधानमन्त्री टेरेजा मेलगायतका राजनेताहरुलाई भने विवाह राज्यस्तरको कार्यक्रम नभएको भन्दै निमन्त्रणा दिइएको छैन ।

शुक्रबार साँझबाट नै विन्डस्रको सडकमा मानिसहरुको भीड बढिरहेको छ । नवविवाहित जोडीको एक झलक हेर्न पूरै रात जागेर आफ्नो स्थान सुरक्षित गर्नेको संख्या असंख्य रहेको बीबीसीले जनाएको छ ।

सडकमा करिब एक लाख मानिसले नवविवाहित जोडीलाई अभिवादन गर्ने अनुमान गरिएको छ ।

ह्यारीकी आमा वेल्सकी राजकुमारी डायनाको सन् १९९७ मा प्यारिसमा भएको कार दुर्घटनामा निधन भएको थियो ।

ह्यारी बेलायती राजगद्धीको पाँचौ रोलक्रममा छन् । मार्कल टेलिचलचित्रहरुमा खेल्नुका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय छिन् । उनीहरु सन् २०१६ को जुलाईदेखी प्रेममा थिए ।

पहिलो विवाहबाट सम्बन्धविच्छेद गरेकी मेगन अफ्रिकी अमेरिकी मुलुककी क्याथोलिक इसाई हुन् ।

बेलायती सेनामा काम गरेका ह्यारीले अफगानिस्तानमा कार्यरत् रहँदा गोर्खा सैनिकसँग नजिक रहेर काम गरेका थिए ।

विनाशकारी गोरखा भूकम्पपछि नेपाल भ्रमणमा आउँदा गोरखाको दुर्गम भेगको स्कुल पुनःनिर्माणमा उनी सहभागी भएका थिए ।

यो शाही विवाहको सुरक्षामा ९ मिलियन पाउन्ड खर्च हुने अनुमान गरिएको छ । (एजेन्सी)