
जंगलबाट स्याउला लिएर घर फर्कनेक्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिए ।
‘हाइटेन्सन लाइन’को पोलबाट विद्युत् प्रवाह भइ करेन्ट लागेको जनाइएको छ ।
बिहानै जंगल गएका युवती अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा दुवै मृतावस्थामा फेलापरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनाको मुचुल्का उठाएपनि स्थानीयवासीले मृतकको शव उठाउन दिएका छैनन् । विद्युत् प्राधिकरणको चरम लापरबाहीका कारण घटना भएको उनीहरुको आरोप छ ।
मृतकका आफन्तले घटनाको जिम्मेवारी लिइ प्राधिकरणले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्