
विश्व वन्यजन्तु कोषको रजतजयन्तीको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सरकारले दुर्लभ र लोपोन्मुख वन्यजन्तु र वनस्पतिको संरक्षणमा जोड दिएको बताए ।
वन्यजन्तु संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ–संस्थाहरुसँग पनि सहकार्य गर्दै जाने उनको भनाइ छ ।
कार्यक्रममा कोषले वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा मन्त्रालयलगायतका मन्त्रालयहरुलाई पनि सम्मान गरेको थियो ।
कोषले वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुलाई पनि सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्