
झापा, जेठ ६ । झापाको बिर्तामोड नगरपालिकाले किसानलाई विभिन्न कृषि सामग्री वितरण गरेको छ ।
कृषिमा यान्त्रिकीकरण गर्दै उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले कृषकलाई खेत जोत्ने पावर टेलर र मकै छोडाउने मेसिन वितरण गरेको हो ।
नगरपालिकाले आठवटा कृषक समूहलाई पावर टेलर र २० वटा समूहलाई मकै छोडाउने मेसिन वितरण गरेको हो ।
नगरपालिकाले कृषिका लागि १ करोड ५६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आफ्नो योजनामा कृषिलाई मूख्य प्राथमिकता दिएकाले कृषकहरुको सहुलियतका लागि कृषि सामग्री वितरण गरिएको मेयर धु्रवकुमार सिवाकोटीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्