
काठमाडौं, जेठ ६ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा संचालन हुँदै आएका माइक्रो बस र सफा टेम्पोमा नयाँ नियम लागू गरेको छ ।
१८ जनाभन्दा कम सीट क्षमता भएका कुनै पनि सवारी साधनले सीट क्षमताभन्दा बढी यात्रु राख्नै नपाउने व्यवस्था लागू गरिएको हो ।
माइक्रो बस र सफा टेम्पोमा यात्रु तान्न अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको र यात्रुहरुले पनि सास्ती भोग्नु परेकोले यस्तो नियम लागू गरिएको महानगरीय ट्राफिक महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए ।
नियम उल्लंघन गरेको पाइएमा एक पटकमा ५ सय रुपैयाँ जरिवाना गराउने पनि प्रहरीले जनाएको छ । यो नियम लागू गरिएकै दिन आइतबार विभिन्न रुटमा चल्ने ६० वटा माइक्रो बसलाई कारबाही गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्