२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिडिओलाई चामल, चिउरा र तरकारीले स्वागत !


0
Shares

भक्तपुर, जेठ १२ । भक्तपुरका क्रियाशील विभिन्न पाँच संघसंस्थाले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठलाई चामल, चिउरा र तरकारी दिएर स्वागत गरेका छन् ।

भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर पर्यटन विकास समिति, जिल्ला कृषि सहकारी संघ लिमिटेड, नेवाः पत्रकार राष्ट्रिय दबु र सुरुवात सामुदायिक हेरचाह तथा पुनःस्थापना केन्द्रले प्रजिअ भट्ट र प्रहरी उपरिक्षक श्रेष्ठलाई भक्तपुरमै उत्पादन भएको ताइचिन चिउरा, लोकल चामल, कालो चामल, कुरिलो, मुला, काउली, च्याउलगायत स्थानीय रुपमै उत्पादित सामाग्री सहित स्वागत गरेका हुन ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी भट्टले भक्तपुरमा शान्ति सुरक्षा र अमनचयन प्रत्याभू्ति गर्दै उद्योग व्यवसाय, कृषि प्रवद्र्धन, कला संस्कृति र सम्पदालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे । -राजधानी दैनिकबाट