
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा करिब २१ अंकले घटेर अन्तिम दिन १३ सय १८ अंकमा आइपुग्यो । गत साता भने नेप्से झिनो अंकलेमात्र सकारात्मक बनेको थियो ।
कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै साताको नेप्से दोहोरो अंकले झरेको हो ।
बिमा समूह सबैभन्दा उच्च १८९ अंकले झर्यो । यस्तै, विकास बैंक ३३ अंकले, जलविद्युत् २६ अंकले घट्यो भने वाणिज्य बैंक समूहमा पनि २१ अंकको गिरावट आयो ।
यो साता कारोबार परिमाणमा भने उल्लेख्य सुधार आयो । १८३ कम्पनीहरुको एक अर्ब ९२ करोड २७ लाख रुपैयाँ बराबरका ४१ लाख ३७ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १७६ कम्पनीहरुको एक अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरका २३ लाख २९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए ।
कारोबार रकम गत साताकोभन्दा ७७ प्रतिशतले बढी हो ।
यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापकलाई स्वरोजगार लघुवित्त विकास बैंक, लक्ष्मी बैंक, कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक र नेपाल बैंकले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्