२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


आईपिएलको उपाधि भिडन्त आज, चेन्नई र हैदरावादमध्ये को बन्ला च्याम्पियन !


0
Shares

मुम्बई, जेठ १३ । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को उपाधिका लागि आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन् ।

यसअघि चेन्नईले दुई तथा हैदरावादले एक पटक उपाधि जितिसकेका छन् ।

जारी प्रतियोगिताको लिग चरणको अंक तालिकामा हैदरावाद पहिलो र चेन्नई दोस्रो नम्बरमा थियो । यी दुई टिमबीच भएको पहिलो क्वालिफायरमा चेन्नईले हैदरावादलाई दुई विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

चेन्नईसँग पराजित भएपछि हैदरावादले फाइनलमा स्थान बनाउनका लागि कोलकाता नाइटराइडर्ससँग प्रतिश्पर्धा गर्नु परेको थियो ।

जारी प्रतियोगितामा चेन्नई र हैदरावाद तीन पटक आमने–सामने भइसकेका छन् । तीनैपटक चेन्नई विजयी भएको थियो ।

आइपिएलमा अहिलेसम्म यी दुई टिमबीच ९ पटक प्रतिश्पर्धा भइसकेको छ । जसमा चेन्नईले ७ वटा खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ भने हैदरावादले दुईपटक मात्र चेन्नईलाई पराजित गरेको छ ।