१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु


0
Shares

युगाण्डा, जेठ १३ । युगाण्डामा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ ।

युगाण्डाको राजधानी कम्पोलाको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा तीन जना बालबालिकासमेत छन् । घटनामा थुप्रै घाइते भएका छन् ।

विपरित दिशाबाट आइरहेको ट्रयाक्टर र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।

बसले शुरुमा ट्रयाक्टरलाई ठक्कर दिएको र पछि ट्रकलाई ठक्कर दिएको अधिकारीहरुले बताएका छन् ।

केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । युगाण्डामा दुई वर्षभित्र सडक दुर्घटनामा ९ हजार ५ सय जनाको मृत्यु भएको थियो । (एजेन्सी)