
-केके मानन्धर/ईमेज:
भक्तपुर, जेठ १३ । प्रदेश ३ को नाम “नेपाल मण्डल” राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको सभासद बसन्त मानन्धरले खुलासा गरेका छन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघ घोषणा सभामा सभासद मानन्धरले प्रदेश ३ को नामको विषयमा खुलासा गरेका हुन् ।
नवगठित नेपाल कम्युनिष्ट पार्टीया केन्द्रीय सदस्य समेत रहेका सभासद मानन्धरले राजधानीलाई हेटौडाबाट अन्यत्रै सर्ने संकेत गर्दै प्रदेश नामाङ्करणको तयारी विषयमा खुलाउनु भएको हो ।
यसको लागि तत्कालिन एमाले पार्टीभित्र पनि प्रदेश ३ को नाम “नेपाल मण्डल” राख्न औपचारिक प्रस्ताव पेश भइसकेको छ ।
प्रदेशसभामा नेकपाको दुई तिहाइ सभासदहरुले “नेपाल मण्डल” नाम राख्न सकारात्मक संकेत देखाएको उनको दाबी छ ।
लिच्छवी राजा मानदेवभन्दा अघिदेखि नै अहिलेको ३ नं। प्रदेश “नेपाल मण्डल” नामले चिनिथ्यो ।
यो नामले १३ जिल्लाको पहिचान समेत झल्काउने भएर यहि नाम सर्वसम्मत हुने देखिन्छ ।
स्वयम्भू पूराणको आधारमा पनि प्रदेश ३ अन्तर्गतका जिल्लाहरुलाई “नेपाल मण्डल’ नाम राख्दा सम्पूर्ण जिल्लाको पहिचान झल्किन्छ ।
तत्कालिन पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरी अरु राज्यहरु यसमा गाभिँदा नेपाल मण्डललाई छुट्टै प्रदेश मानेको थियो ।
भूगोलको सन्दर्भमा पनि प्रदेश नम्बर ३ को नाम “नेपाल मण्डल” उपयुक्त हुने भएर अधिकांस सभासदहरु प्रदेश तीनलाई “नेपाल मण्डल” नाम राख्न सकारात्मक देखिएको उनको बुझाइ छ ।
घोषणा सभाले न्हुछेरत्न मानन्धरको नेतृत्वमा २१ सदस्यीय नवनिर्वाचित पदाधिकारीहरुलाई सार्वजनिक गरेको छ ।
त्यस मध्य प्रथम उपाध्यक्ष बाबुकाजी मानन्धर, द्वितिय उपाध्यक्ष रामबहादुर मानन्धर, सचिव ज्ञानेन्द्र मानन्धर, कोषाध्यक्ष वर्तराम मानन्धर तथा अन्य पदाधिकारीहरु छन् ।
एक जना महिला पदाधिकारीलाई नवगठित संघको पहिलो बैठकले मनोनित गर्ने अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिए ।
भक्तपुरको जगातीस्थित होटल भ्यूमा आयोजित घोषणा सभा कार्यक्रममा २० जना पदाधिकारीहरुको नाम सार्वजनिक गरिएको थियो ।
समुदायको शैक्षिक, सामाजिक, आर्थिक विकास गर्दै जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ संघ बनाइएको अध्यक्ष मानन्धरले जानकारी दिए ।
कार्यक्रममा समुदायभित्रका युवाहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा योगदान दिएबापत सम्मानित गरेको थियो ।
युवाहरुको योगदान तथा उपलब्धिलाई कदर गर्दै सम्मानित हुनेहरुमा मिस लिटिल नेवाः ११३७ की विजेता जेनी मानन्धर, बंगलादेशमा सम्पन्न एसक्यूसीसी अवार्ड २०१८ की विजेता लसता मानन्धर, राष्ट्रिय वक्तृत्व कलाका विजेता रोहित मानन्धर हुन् ।
कार्यक्रममा संघीय प्रतिनिधि सभाया सभासद रामवीर मानन्धर, पूर्वमन्त्री सुनीलकुमार मानन्धर, वारा जिल्लाका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर, पूर्व सांसद लक्ष्मीदास मानन्धर, वरिष्ठ साहित्यकार ज्ञानकाजी मानन्धर, मिस नेपाल २०१५ की इभाना मानन्धर लगायत विभिन्न मौलिक बाजा गुरु, गुठी नाइके तथा विशिष्ट व्यक्तित्वको सहभागिता थियो ।
मोडर्न युथ फोर सोसाइटी नामको संस्थाले संयोजन गरेको कार्यक्रमलाई रामकृष्ण मानन्धरले आकर्षक ढंगले सञ्चालन गर्नुभएको थियो भने सभापति शिवप्रसाद मानन्धर बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्