
काठमाडौं, जेठ १३ । लायन्स क्लवस् ईन्टरनेशनलको एक सय वर्षको इतिहासमा पहिलो पटक पेशागत रुपमा नेपालमा पत्रकारहरुको क्लव गठन भएको छ ।
‘लायन्स क्लव अफ नेपाल जर्नालिष्ट’को नाममा नेपाल र भारतमा रहेका पत्रकारहरु मिलेर २५ चार्टर सदस्य सहित क्लव गठन भएको हो ।
क्लवको अध्यक्षमा योगेन्द्र प्रताप शाही, उपाध्यक्षमा निरञ्जन ओझा, नेत्र प्रसाद न्यौपाने, सचिवमा श्रीजन झा, सहसचिवमा नरेन्द्र मानन्धर, कोषाध्यक्षमा मञ्जु शाही र सह कोषाध्यक्षमा शुभाञ्जली मानन्धर चयन भएका छन्
त्यस्तै सदस्यहरुमा गणेश कुमार शर्मा, यज्ञ ढकाल, हिरा आले, सन्तोष गौतम, शिव पाण्डे र सुनिता कोइराला रहेका छन् ।
क्लवको पूर्ण बैठकले इन्टरनेशनल फाउण्डेशन डाईरेक्टरमा राजन कार्की, पब्लिक रिलेसन अफिसरमा रोशन कार्की, विधागत डाईरेक्टरमा प्रज्जवल थापा र प्रविन श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।
बैठकले लायन्स क्लबको विश्वभरीको गतिविधि समेटिने गरी न्यूज पोर्टल अनलाइन पनि संचालनमा ल्याउने निर्णय गरेको छ ।
सन् १९१७ मा मेलभिन जोन्सले स्थापना गरेको क्लव नेपालमा २०४३ सालमा विराटनगरमा स्थापना भएको थियो । हाल विश्व भर १४ लाख यस क्लवको सदस्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्