
ओखलढुंगा, जेठ १३ । ओखलढुंगाको मोलुङग गाउँपालिकाको रामपुरमा जिप दुर्घटना भएको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोलुंग गाउँपालीका ७ का १८ वर्षिय रविन विक रहेका छन् ।
आइतबार मध्यान्ह १ बजेतिर मोलुंग गाउँपालिकाको प्राप्चा बाट ओखलढुंगा आउँदै गरेको ना १ ज ५५६२ नं को जिप घुम्तीमा ब्रेक फेल भएपछि दुर्घटना भएको हो ।
घाइतेहरुको ओखलढुंगा सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्