Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


‘गोरे’ले दिए बयान– सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक दलका ठूला नेता पनि संलग्न


0
Shares

काठमाडौं, जेठ १४ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेती (गोरे)ले तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ कै मिलेमतो रहेको खुलासा गरेका छन् ।

जिल्ला अदालत मोरङमा बयानका क्रममा उनले यस्तो बताएका हुन् ।

‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’

आफू तस्करीमा सघाउने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिका नाइके, प्रहरी उच्च अधिकारी र दलका ठूला नेता पक्राउ परे मात्र सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् ।

ती व्यक्तिको नाम भने उनले खुलाएका छैनन् । –कान्तिपुर दैनिकबाट