२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सिरियामा लडाकूको आक्रमणमा परी चार रुसी सैनिकको मृत्यु


0
Shares

काठमाडौं, जेठ १४ । सिरियाको देर अल–जोर प्रान्तमा लडाकूको आक्रमणमा परी चार जना रुसी सैनिकको मृत्यु भएको छ ।

सिरियाली सेनाको बन्दोबस्तीका सामान लिएर गइरहेका बेला लडाकुले गरेको हमलामा दुई जना सैन्य सल्लाहकार पनि मारिएका छन् ।

घटनामा पाँच अन्य रुसी सैनिक घाइते भएको र तीमध्ये दुई जनाको पछि मृत्यु भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । घाइतेहरूको रुसी सैन्य अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच रुसको रक्षा मन्त्रालयले रुसी नेतृत्वको सैन्य टोलीले गरेको कारबाहीमा ४३ जना लडाकूको मृत्यु भएको जनाएको छ ।

गत नोभेम्बरमा सिरियाली सेनाले देर अल–जोर शहरलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

तर इस्लामिक स्टेट लडाकु समूह सो प्रान्तमा अझै पनि सक्रिय नै छ ।

आधिकारिक आँकडाअनुसार सिरियाली गृहयुद्धमा ९० जना रुसी सैनिकको ज्यान गइसकेको छ ।(एजेन्सी)