२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


क्रिकेटर ज्ञानेन्द्र मल्ल बने इ–सेवाको ‘ब्रान्ड एम्बेसडर’


0
Shares

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मल्ल र इ–सेवाबीच एक वर्षका लागि सम्झौता भएको हो । दुवै पक्षले सम्झौता रकम भने खुलाउन चाहेनन् ।

कार्यक्रममा बोल्दै ब्रान्ड एम्बेसडर बनेका मल्लले क्रिकेटमा अझ प्रतिबद्ध भएर लाग्न इ–सेवासँगको सहकार्यले सहयोग पुग्ने बताए ।

इ–सेवाको तर्फबाट बोल्दै एफ वन सफ्टका अध्यक्ष विश्वास ढकालले नेपाली क्रिकेटसँग लामो समयदेखि इ–सेवाको सहकार्य रहँदै आएकामा यो सम्झौताले आगामी दिनमा सम्बन्धलाई झन् मजबुत् बनाउने विश्वास व्यक्त गरे ।

ब्रान्ड एम्बेसडर बनेसँगै क्रिकेटर मल्लले अबदेखि हरेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा इ–सेवाको स्टिकर टाँसिएको ब्याट प्रयोग गर्नेछन् ।