२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


प्रदेश–७ सरकारका १०० दिनः मुख्यमन्त्री भट्ट आफैं असन्तुष्ट


0
Shares

प्रदेश सरकारले सोचेजस्तो काम गर्न नसकेको स्वीकार गर्दै उनले आफ्नै सरकारका १०० दिन सन्तुष्टिजनक नरहेको बताए ।

नयाँ संघीय संरचना, कर्मचारी व्यवस्थापन, भौतिक संरचना, नीति एंव कानुन निर्माणलगायत सबै कामको सुरुआत शून्यबाट गरेको बताउँदै उनले जनआपेक्षाअनुसार काम गर्न नसेको उल्लेख गरे ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढीमा आयोजित प्रदेश सरकारका १०० दिनका ‘उपलब्धि सार्वजनिकीकरण’ कार्यक्रममा मुख्यमन्त्री भट्टले आफूहरु संघीयताको जग बसाल्न भने सफल भएको बताए ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले भने १०० दिन उपलब्धिपूर्ण रहेको बताए ।

१०० दिनका ‘उपलब्धि’ सार्वजनिक गर्दै उनले प्रदेश सरकार कार्यविभाजन, कार्यसम्पादन नियमावली, केही सार्वजनिक लिखत प्रमाणीकरण नियमावली पारित भएको बताए ।

यस्तै, मन्त्रिपरिषद सदस्यको आचारसंहिता, स्वेतपत्र, विभिन्न कार्यविधि, विधेयकलगायत तीन दर्जन बढी महत्वपूर्ण कानुनी दस्तावेज ल्याउन सफल भएको जानकारी उनले दिए ।

प्रदेश सरकारले ल्याएको ‘हेल्लो सिएम’ कार्यक्रम प्रभावकारी भइरहको मन्त्रीहरुको दावी छ ।

प्रमुख प्रतिपक्षीको नजर
प्रदेश सरकारले १०० दिन मनाइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसलाई ‘कमजोर सरकार’कारुपमा लिएको छ ।

कांग्रेस ससदीय दलका नेता डा. रणबहादुर रावलले सरकार गठन भएपनि सरकारले जनमुखी काम गर्न नसकेको आरोप लगाए ।

आफूहरुले सरकारलाई सहयोग गरेपनि सरकारले काम गर्न नसकेको जिकिर गर्दै उनले सरकारले बढी तडक–भडक गरेपनि जनताको समस्या उस्तै रहेको बताए ।