१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डोटीमा जिप दुर्घटना, चारजनाको मृत्यु, १० घाइते


0
Shares

डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नम्बर–६, गगुडातर्फ जाँदै गरेको शैलेश्वरी यातायातको से१ज ७८८ नम्बरको जिप गगुडाको पलाडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चारजनाको घटनास्थलमै मृत्यु भएको र १० जना घाइते भएको जनाइएको छ ।

दुर्घटनामा दुईजना पुरुष र दुईजना महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जिपचालक रामबहादुर बिक, जिपधनी भगत द्धारिया र इन्नरी रावत रहेका छन् । अर्का एकजनाको भने सनाखत हुन नसकेको घटनास्थलबाट स्थानीय जीत चन्दले जानकारी दिए ।