२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


इलामको सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान गरिने


0
Shares

इलाम, जेठ १५ । इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा यही जेठ २१ गते परीक्षण उडान गरिने भएको छ ।

विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण सकिएकाले यही जेठ २१ गते तारा एयरलायन्सको जहाजबाट परीक्षण उडान गर्न लागिएको इन्जिनियर सन्दिप मिश्रले जानकारी दिए ।

विमानस्थल ग्राभेल नहुँदै हाल विस्तार भएको धावनमार्गमा उडान परीक्षण गर्ने प्राधिकरणको योजना छ  ।

गत चैतमै परीक्षण उडान गर्ने तयारी गरिएको भए पनि प्राविधिक कारणले हुन सकेको थिएन ।

७ सय मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहितको विमानस्थलको शिलान्यास २०६८ सालमा गरिएको थियो ।